ढाड दुख्ने समस्याबाट यसरी बच्न सकिन्छ
भक्तपुर । उमेर बढ्दै जाँदा मानिसहरुमा ढाड दुख्ने समस्या देखिन थाल्छ । तर ढाड दुख्ने समस्या जुन सुकै उमेरका मानिसहरुमा पनि देखिने गर्छ । हाम्रो ढाड विभिन्न कारणले गर्दा दुख्ने गर्छ । गर्हौँ व्याग उठाउने, गलत तरिकाले सुत्ने, खेल्दा उफ्रँदा चोट लाग्नेजस्ता विभिन्न कारणले गर्दा हाम्रो ढाड दुख्ने गर्छ । कार्यालयमा काम गर्दा एकै ठाउँमा बसेर धेरै बेरसम्म काम गर्नुपर्ने हुन्छ । जसले गर्दा पनि ढाड दुख्ने समस्याले सताउने गर्छ । ढाड दुख्ने समस्याले निकै सताउने भएकाले मानिसहरु यस समस्याबाट कसरी बच्ने भनेर विभिन्न उपायहरु खोज्ने गर्छन् ।
ढाड दुख्ने समस्याबाट यसरी बच्न सकिन्छ
१, व्यायाम । आफ्नो शरीरलाई सधैँ फिट राख्न सकियो भने हामीलाई ढाड दुख्ने समस्याले सताउदैन । यसका लागी हामीले दैनिक बिहान शारीरिक व्यायम गर्नुपर्छ ।
२, बसाइको सही तरिका । हामीले काम गर्ने ठाउँ आरामदायी हुनु जरुरी छ । यसले गर्दा हामीलाई बसेर काम गर्न सजिलो हुन्छ । शरीरको बस्ने तरिका सही भएन पनि हाम्रो ढाड दुख्ने गर्छ । त्यसैले आफुले काम गर्दा बस्ने तरिका ठिक छ कि छैन भन्ने कुरा जान्नुपर्छ । काम गर्दा बेला बेलामा आफ्नो शरीर तन्काउने गर्नुपर्छ ।
३, स्वस्थ खानपान । स्वास्थ्य खानपानले हाम्रो शरीरमा अनावश्यक तौल बढ्न दिदैन । जसले गर्दा हाम्रो ढाडमा दबाब पर्दैन र हाम्रो ढाड दुख्दैन ।
४, सुत्ने तरिका । सुत्ने तरिकामा सामान्य बद्लाव ल्याएर पनि ढाड दुख्ने समस्या कम गर्न सकिन्छ । विशेषगरी बेलाबेलामा दायाँबायाँ फर्केर तथा खुट्टाको बीचमा तकिया राखेर पनि ढाड दुख्ने समस्या कम गर्न सकिन्छ ।
५, तनावरहित जीवनयापन । मानिसले धेरै तनाव लिने गरेमा पनि ढाड दुख्ने गर्छ । त्यसैले सधै तनाव देखि टाढा रहनु पर्छ । यसका लागी योगा गर्ने र लामो लामो सास लिने गर्नुपर्छ ।
६, धूमपान त्याग्ने । धूमपानले पनि ढाड दुख्ने समस्या बढ्ने गर्छ । धूमपान त्याग्नाले ढाड दुख्ने समस्या कम हुने गर्छ । त्यति मात्र हैन, यसले क्यान्सर, मधुमेह लगायत जीवनशैलीसित सम्बन्धित रोगको जोखिम कम गर्न समेत मद्दत गर्छ ।
प्रकाशित मितिः २०७५ असोज १० बुधबार