माटाको भाँडामा राखिएको पानी पिउँदा स्वास्थ्य लाई मिल्छ लाभै लाभ
भक्तपुर । हामीले गाउँ घरमा माटाको भाँडामा पानी राखेको देख्छौं । पहिलेको समयमा माटाको भाँडाहरु निकै प्रयोग गर्ने गरिन्थ्यो । अहिलेको समयमा माटाका भाँडाहरुभन्दा अन्य भाँडाहरुको प्रयोग गर्ने गरिन्छ । गर्मी महिनामा अहिले पनि माटाको भाँडामा पानी राखेर पिउने गरिन्छ । यसमा पानी राख्ने गरेमा पानी चिसो रहन्छ र हाम्रो शरीरलाई शितल बनाउन पनि मद्धत पुग्छ । मटाको भाँडामा राखिएको पानी पिउनाले हाम्रो स्वास्थ्यमा अन्य फाइदाहरु पनि पुग्छ । हामीलाई यसको महत्व थाहा नहुनसक्छ ।
माटाको भाँडामा राखिएको पानी पिउँदा हाम्रो स्वास्थ्यमा पुग्ने फाइदाहरु यस्ता छन्
१, माटाको भाँडोमा माटोमा पाइने त्यस्तो प्राकृतिक गुण हुन्छ जसले अशुद्धिहरूलाई नाश गर्छ र शरीरका लागि आभदायक खनिज तत्व प्रदान गर्छ । शरीरलाई विषाक्त पदार्थबाट मुक्त बनाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउन पनि माटाको भाँडामा राखिएको पानीले सहयोग गर्छ ।
२, यसमा रखिएको पानी खाँदा कब्जियत तथा घाँटी दुख्नेजस्ता समस्या सिर्जना हुनसक्छन् तर माटाको भाँडामा राखिएको पानीले त्यस्तो समस्या उब्जाउँदैन । यसमा राखिएको पानी शरीरका लागि अनुकूल हुने हदसम्म मात्र चिसो हुन्छ ।
३, माटाको भाँडामा राखिएको पानीको पीएच सन्तुलन सन्तुलित हुन्छ । माटाको क्षारीय तत्व तथा पानीको तत्व मिलेर उचित पीएच ब्यालेन्स निर्माण गर्छन् जसले शरीरलाई कुनै प्रकारको हानि हुन दिँदैन भने शरीरको प्राकृतिक सन्तुलन पनि बिगार्दैन ।
४, माटाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसको तापक्रम सामान्यभन्दा थोरै मात्र चिसो हुने भएकाले यसले शीतलता त प्रदान गर्छ साथै पाचन प्रक्रिया राम्रो बनाउन समेत सहयोग गर्छ । यस्तो पानी पिउँदा शरीररमा टेस्टोस्टेरनको स्तरसमेत वृद्धि हुन्छ ।
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
