निन्द्राको समयमा आउने समस्याहरु

भक्तपुर न्यूज

१० असोज २०७५ ८:४१

निन्द्राको समयमा आउने समस्याहरु

भक्तपुर । हाम्रो जीवनमा विभिन्न खालका समस्याहरु आइरहने गर्छन् । केहि समस्याहरु हामी होस् मै हुँदा आउने गर्छन् त केही हामी निदाएको बेला पनि आउने गर्छन् । निन्द्रामा आउने विभिन्न खालका समस्याहरु देखी चिन्तित भएर मानिसहरु जाँच गराउनको लागी चिकित्षकहरुकोमा जाने गर्छन् । निन्द्रामा आउने समस्याहरु प्राय जसो मानषिक थकानको कारणले गर्दा हुने गर्छन् ।

निन्द्राको समयमा आउने समस्याहरु यस्ता छन्

१, निन्द्रा मै खाने । निदाएको बेलामा भान्सासम्म पुगेर खाने गरेका समस्याहरू पनि दिनानुदिन बढ्दै गएको बताइएको छ । निन्द्राको सुरमा भान्सा, फ्रिज या आफ्नै कोठामा भएका खानेकुराहरू खाएर सक्ने गरेका समस्याले पनि धेरैलाई पिरोल्न थालेको छ ।

२, सास फेर्न रोकिने समस्या । निन्द्रामा सास नै रोकिएर निस्सासिने गरेका घटनाहरू पनि निकै धेरै भेटिने गरेको चिकित्सकहरूको भनाई छ । निन्द्रामा यसरी स्वास रोकिने समस्या निकै गम्भिर भएको चिकित्सकहरूको भनाई छ । मानिसहरू श्वास रोकिएको समस्या लिएर अस्पताल पुग्ने गरेका छन् भने उनीहरूले यस्तो अवस्थाबाट ब्युझिँदा आफूहरू निकै थालेको अनुभव हुने समेत बताउँछन् ।

३, शारीरिक सम्बन्ध । निन्द्राका क्रममा थाहा नै नपाई शारीरिक सम्पर्क गर्ने मानिसहरुको संख्या पनि उत्तिकै बढ्दै गएको छ । निन्द्रामा रहँदा सँगै सुतेको व्यक्तिसँग सेक्स गर्ने र बिहान उठ्दा मात्र उक्त घटनाबारे थाहा पाउने समस्या पनि कै निकै धेरै हुने गरेको बताइन्छ । बढी तनाव या रक्सी र लागुऔषध प्रयोग गरेको बेलामा बढी मात्रामा यस्ता कार्य हुने गरेको चिकित्सकहरूको भनाई छ ।

४, म्यासेज गर्ने । दिनमा प्रयोग गरिने मोबाइलको प्रयोग राती निन्द्रामा पनि हुने गरेको छ । निन्द्रामा नै साथी भाई या आफन्तहरूलाई म्यासेज गर्ने, फोन गर्ने जस्ता समस्या देखीन थालेका छन् ।

प्रकाशित मितिः २०७५ असोज १० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय