काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पदोन्नति भएका दुर्इ उपरथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषदको निर्णयबाट उपरथी दर्जामा बढुवा भएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेनापति थापाले दुवै उपरथीको कार्यकाल सफलताको कामना गरे । यसैबीच, उपरथीमा बढुवा भएका भण्डारीलाई श्री संभाररथीको कार्यालय र नरेश चन्द्र भट्टलाई व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments