मधुमेहका लक्षणहरु
भक्तपुर । मधुमेह , हाम्रो लागी कुनै नयाँ रोग हैन । अहिलेको समयमा हरेक घरमा एउटा मधुमेहको रोगी हुने गरेका छन् । खानपानमा लापरवाही , शारीरिक व्यायामको कमी जस्ता कारणले गर्दा यो रोगका बिरामीहरु बद्धो छ । वंशानुगत पनि एउटा प्रमुख कारण हो । यदी हामीले मधुमेहको लक्षणलाई सुरुवाती अवस्थामा नै पहिचान गरेर उपचार गर्यौं भने यो सजिलैसंग निको भएर जान्छ । तर हामीले लापरवाही गर्न थाल्यौं भने हाम्रो स्वास्थ्यमा झन् ठुलो समस्या आउँछ । यस रोगको लक्षण बारेमा धेरै मानिसहरु अन्जान हुन्छन् । यसले गर्दा पनि उनीहरु समयमा नै जाँच गराउन जान पाउदैनन् ।
मधुमेह हुनु भन्दा अघि हाम्रो शरीरले प्राकृतिक रुपमा लक्षणहरु देखाईरहेको हुन्छ जस्तै मुख सुक्ने, बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने, पिसाबमा ग्लुकोज जान थालेपछि दुब्लाउदै जाने, भोक बढी लाग्ने, हातखुट्टा झमझम गर्ने आदी ।
मधुमेहका अन्य लक्षणहरु यस प्रकार छन्
– पिसाब बढी लाग्ने र पिसाब गरेको ठाउँमा कमिला लाग्ने ।
– भोक पनि बढी लाग्ने ।
– दुब्लाउँदै जाने ।
– दृष्टिमा खराबी ।
– चोटपटक लागेको ठाउँमा भएको घाउ निको नहुने ।
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार