शरीरलाई फिट राख्न यसो गर्नुहोस्
भक्तपुर । आफ्नो शरीरलाई फिट राख्नु निकै चुनौतीको बिषय हो । व्यस्त जीवनशैलीको कारण मानिसको स्वास्थ्यमा ठूलो असर पर्ने गरेको छ । आफ्नो काममा व्यास्ता रहँदा उनीहरु आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउन सक्दैनन् । हरेक मानिसको चाहाना हाम्रो शरीरलाई सधैं फिट राख्ने हुने गर्छ । यसका लागी उनीहरु विभिन्न खालका उपायहरु अपनाउने गर्छन् । शरीर फिट रहनाले हामी विभिन्न खालका रोगहरु देखि टाढा रहन सक्छौं ।
फिट रहन के गर्ने त ?
– स्वस्थ रहन ताजा तथा स्वस्थकर खानाको सेवन गर्ने
– स्लिम हुनेमात्र हैन, भित्रै देखि स्वस्थ रहने
– नियमित रुपमा व्यायाम तथा शारीरीक श्रम गर्ने
– दैनिकीमा विभिन्न खेललाई समावेश गर्ने
–डान्स गरेर पनि शरीरमा रहेको अतिरिक्त बोसो कम गर्न सकिन्छ
– सन्तुलित आहार खाने, मज्जाले सुत्ने र प्रशस्त मात्रामा पानी पिउने
प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार