आँखा धमिलो हुँदा देखिने लक्षणहरु

भक्तपुर न्यूज

५ असोज २०७५ ५:३७

आँखा धमिलो हुँदा देखिने लक्षणहरु

भक्तपुर । आँखा धमिलो हुने समस्या सबै उमेरका मानिसहरुमा देखिन सक्छ । तर बढी जसो भने यो समस्या उमेर बढ्दै जाँदा देखिने गर्छ । मानिसहरु यस समस्यालाई सामान्य रुपमा लिने गर्छन् । तर यो समस्याले गर्दा पछि मानिसको आँखाको दृस्टी पनि जान्छ । त्यसैले यदी तपाईको आँखा धमिलो हुन्छ भने तुरुन्तै गएर जाँच गराउनुहोस । पछिल्लो समयमा आँखा धमिलो हुने समस्या बालबालिकामा पनि निकै देखिन थालेको छ ।

आँखा धमिलो हुँदा देखिने लक्षणहरु यस्ता छन्

१, सुरुसुरुमा आँखा चिलाउने ।

२, आँखा दुख्ने ।

३, आँखा रातो हुने ।

४, आँखा धमिलो हुने ।

५, टाउको दुख्ने ।

६, आँसु बगिरहने ।

आँखा धमिलो हुनुको कारणहरु यस्ता छन्

१, कमजोर आँखा ।

२, आँखामा संक्रमण हुनु ।

३, मोतिबिन्दु हुनु ।

४, जलबिन्दु हुनु ।

५, आँखाको पर्दामा चोटपटक लाग्नु वा अन्य समस्या आउनु ।

६, आँखाको नशामा समस्या आउनु ।

७, वंशाणुगत गुण ।

यस समस्याको समाधानहरु यस प्रकार छन्

१, आँखालाई स्वस्थ राख्न सँधै सचेत हुने ।

२, सम्भव भएसम्म धुँवा धुँलोबाट बचाउने ।

३, उच्च रक्तचाप तथा चिनी रोगका बिरामीले समय समयमा आँखा परीक्षण गराउने ।

४, मोतिबिन्दु लगायतका रोग लागेका लक्षण देखिए तुरुन्त उपचार गराउने ।

५, स्वस्थ आँखा भए पनि कम्तिमा वर्षको एकपटक आँखाको परीक्षण गराउने ।

६, सन्तुलित र स्वस्थ खानामा ध्यान दिने ।

प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *