काठमाडौं । युरोपा लिग फुटबलको समूह एल मा रहेको इंग्लिस क्लब चेल्सीले कठिन जित निकालेको छ । बिहीबार रातिको भएको खेलमा चेल्सीले ग्रिसको पाओके एफसीमाथि १–० को कठिन जित निकालेको हो ।
पिएओकेको मैदानमा भएको खेलमा चेल्सीका लागि विलियन डि सिल्भाले एक गोल गरे । पहिलो हाफको सातौं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई जित दिलाए । जितसंगै समूह एल मा रहेको चेल्सीले महत्वपूर्ण ३ अंक जोडेको छ । पिएओके अंकबिहिन रहेको छ ।
अर्को खेलमा बेल्जियमको जेनेकले स्वीडेनको माल्मोलाई २–० ले हराएको छ । यस्तै अर्को खेलमा बेलारुसको बाटे बेरिसोभले हंगेरीको मोल भिडी एफसीलाई २–० ले हराएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार
Comments