दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्ने

भक्तपुर न्यूज

४ असोज २०७५ ५:२४

दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । यस अघि विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा आएर फाराम भर्ने गरेकोमा यस वर्षदेखि दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । उपत्यका भित्र र उपत्यकाबाहिर रहने विद्यार्थीले समेत अनलाइनबाट सिधै फाराम भरेर नाम दर्ता गर्न सक्ने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौं आए हुने त्रिविले जनाएको छ ।

दीक्षान्तका लागि विद्यार्थीले आफ्नो मोबाइलबाट https://tu.graduationnp.com/ मा लग इन गरेर आफ्नो विवरणहरु छ चरणमा प्रविष्ट गर्नुपर्नेछ ।

उनीहरुले अनलाइन फाराम भरिसकेपछि ई–सेवाको माध्यमबाट शुल्क पनि बुझाउन सक्नेछन् । ई–सेवाको खाता हुने विद्यार्थीहरुले सिधै भुक्तानी गर्न सक्नेछन् भने ई–सेवाअन्तर्गत खाता नहुने विद्यार्थीलाई त्रिविको पोर्टल सिस्टमले नै टोकन नं उपलब्ध गराउनेछ । विद्यार्थीले उक्त टोकन नं लिएर नजिकैको ई–सेवा प्रदान गर्ने पसलमा गएर तोकिएको दस्तुर तिर्नुपर्नेछ ।

प्रकाशित मितिः २०७५ असोज ४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *