चकलेटले पुर्याउने फाइदाहरु यस्ता छन्
भक्तपुर । चकलेट कसलाई पो मन पर्दैन होला । झन् केटीहरु चकलेट भनेसी हुरुक्कै हुने गर्छन् । चकलेट धेरै खाँदा हाम्रो दाँतमा समस्या आउने गर्छ । चकलेट पनि विभिन्न प्रकारका हुने गर्छन् । अन्य चकलेटले हाम्रो स्वास्थ्यमा असर पुर्याउने गर्छन् तर डार्क चकलेटले हाम्रो स्वास्थ्यलाई निकै लाभ पुर्याउने गर्छन् । चकलेट ले पनि फाइदा पुर्याउँछ भनेको सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । विभिन्न अध्ययनले डार्क चकलेटले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरु समाधान गर्न मद्धत गर्ने देखाएको छ ।
डार्क चकलेटले पुर्याउने फाइदाहरु यस्ता छन्
१, एन्टी अक्शीडेन्टको राम्रो श्रोत । राम्रो गुणस्तर भएको डार्क चकलेटमा प्रसस्त मात्रामा एन्टीअक्शीडेन्ट पाईन्छ । यसमा पाइने एन्टीअक्शीडेन्ट अन्यमा पाइने भन्दा निकै प्रभावकारी भएको पाइएको छ ।
२, पौष्टिक तत्व । चक्लेत्मा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसमा फ्याटी एसिड पनि पाइन्छ । डार्क चकलेटमा पाइने फाइबर, आइरन, म्याग्नेशियम, कपर र म्याग्नीजले तुरन्त शक्ति प्रदान गर्ने काम गर्छ ।
३, कम रक्तचापलाई नियन्त्रण । यसमा विभिन्न खालका बायो एक्टिभ तत्वहरु पाइन्छ जसले हाम्रो रगत प्रवाहमा मद्धत गर्छ । डार्क चकलेटले कम रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।
४, मुटुको रोगमा कम । चकलेट खाँदा रगत प्रवाह राम्रो हुन्छ । यसले गर्दा मुटु सम्बन्धि रोगहरु लाग्ने सम्भावना निकै कम हुन्छ ।
५, मष्तिस्कलाई दुरुस्त राख्छ । एक अध्ययनका अनुसार पाँच दिन सम्म लगातार डार्क चकलेट खानाले मस्तिष्कको क्रियाकलापलाई बलियो बनाइ राख्छ । यसमा पाइने कैफीन र थियोब्रोमीनले मस्तिष्क क्रियाकलापलाई शक्ति प्रदान गर्ने काम पनि गर्छ ।
प्रकाशित मितिः २०७५ असोज २ मंगलबार