यौन सम्पर्कको समयमा हुने परिवर्तनहरु
भक्तपुर ।मानिसहरुको लागी यौन एउटा महत्वपूर्ण कुरा हो । धेरै मानिसहरुलाई यस बारेमा निकै चासो हुने गर्छ । तर उनीहरु यस्ता कुराहरु लुकाउने गर्छन् । त्यसैले मानिसलाई यस बारेमा पुरा ज्ञान हुदैन । यौन सम्पर्कको समयमा मानव शरीरमा विभिन्न खालका परिवर्तनहरु हुने विभिन्न अध्ययनले देखाएको छ । जसलाई सेक्सुअल रेस्पोन्स साइकल भनिन्छ ।
यस समयमा हुने विभिन्न परिवर्तन यस प्रकार छन्
१, एक्साइटमेन्ट फेज स् योे फेज भनेको उत्तेजनाको अवस्था हो । यस अवस्था कुनै पनि समय शरीरको कुनै पनि भागमा, आधा–आधा मिनटमा सुरु हुन सक्छ । यसमा पुरुषको गोप्य अंग र महिलाको निप्पल्स इरेक्ट हुनसक्छ । त्यस्तै महिलामा फ्लूइड फ्लो हुन थाल्छ । यौनांग, क्लिटरिस र ब्रेस्टको आकार पनि बढ्न थाल्छ । महिला, पुरुष दुवैमा ब्लड प्रेसर र मुटुको गति बढ्न थाल्छ ।
२, प्लेटो फेज स् यो अवस्थामा पुरुषको गोप्य अंग पूर्ण रुपमा इरेक्ट हुन्छ । उसको टेस्टिस स्क्रोटमको दिशामा जान्छ । त्यस्तै महिलामा योनीको बाह्य र भित्री भाग फुल्नन थाल्छ । महिला र पुरुष दुवैको हात, तिघ्रा र हिप्सको मांसपेसीमा तनाव उत्पन्न हुन्छ ।
३, ओर्गज्म फेज स् चार वटै अवस्था मध्ये यो सबैभन्दा छोटो फेज हो । यो फेज केही सेकेन्ड मात्रै चल्छ । पुरुषमा उसको यूरेथ्रल बल्बमा फ्लूइड महसूस हुन्छ । त्यसपछि फ्लूइडले सिमेन डिस्चार्ज गरिदिन्छ र निजी अंगमा कन्ट्र्याक्सन आउँछ । यही समय महिलाको योनीमा रिदमिक कन्ट्र्याक्शन अनुभव हुन्छ् । आठ सेकन्डमा औसत १० रिदम हुन्छ । पुरुषलाई यूटेरसको मांसपेशीमा कन्ट्र्याक्सन अनुभव हुनसक्छ । दुवैजनामा कैयौं पटक यौन अंगका साथै हात र खुट्टाको मांसपेशीमा रिफ्लेक्स हुन्छ ।
४, रेजोलूशन फेज स् योे अवस्था भनेको क्लाइमेक्सको हो र डेढ घण्टासम्म चल्छ । विशेषगरी महिलामा । पुरुषको गोप्य भाग लुज भएर जान्छ र त्यसपछि उसलाई दोहोर्याएर ओर्गज्म पाउन गाह्रो हुन्छ । महिलाको यूटेरस र क्लिटरिस पुरानो अवस्था फर्कन्छ । दुवै जनाको शरीरको तनाव कम भएर जान्छ ।
प्रकाशित मितिः २०७५ असोज २ मंगलबार
