डलरको भाउ उकालो लाग्नेक्रम जारी
काठमाडौं । अमेरिकी डलरको भाउ उकालो लाग्नेक्रम जारी छ । आज १ अमेरीकी डलरको बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरीकी डलरको खरिददर भने ११५ रुपैयाँ ७२ पैसा तोकिएको छ । १ युरोको खरिददर १ सय ३४ रुपैयाँ ९४ पैसा तोकिँदा बिक्रीदर १ सय ३५ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
त्यस्तै, आज युके पाउन्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ७१ पैसा काय हुँ दा बिक्रीदर १ सय ५२ रुपैयाँ ४९ पैसा तोकिएको छ । यता, जापानिज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा हुँदा बिक्रीदर १० रुपैयाँ ३८ पैसा कायम भएको छ । त्यस्तै, कतारी १ रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा हुँदा बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
प्रकाशित मितिः २०७५ असोज २ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
