स्वर बस्ने समस्याबाट बच्न यस्ता कुराहरुमा ध्यान दिनुहोस

भक्तपुर न्यूज

१ असोज २०७५ ६:५६

स्वर बस्ने समस्याबाट बच्न यस्ता कुराहरुमा ध्यान दिनुहोस

भक्तपुर । खोकी धेरै लागेको कारण मानिसको स्वर बस्ने गर्छ । त्यस्तै धेरै कराउँदा पनि मानिसको स्वर भासिने गर्छ । यसले गर्दा उनीहरुलाई बोल्न निकै गाह्रो हुने गर्छ । कहिलेकाँही घाँटीको समस्याले गर्दा पनि मानिसको स्वर बस्ने गर्छ । यदि तपाई स्वर भासिएर चिन्तित हुनुहुन्छ भने अब तपाई यस समस्याबाट घरेलु उपचारको माध्यमबाट बच्न सक्नुहुन्छ ।

स्वर बस्ने समस्याबाट बच्न यस्ता कुराहरुमा ध्यान दिनुहोस

१, असुरो, हर्रो, पिपला र बोझोलाई समान मात्रा मिलाइ चूर्ण बनाउने अनि यस चूर्णलाई नियमित सेवन गरे घाँटी बसेको निको हुन्छ ।

२, खयरलाई तोरीको तेलमा भिजाएर मुखमा राखिरहने गरेपनि घााटी दुखेको तथा स्वर बसेको समस्यामा आराम हुन्छ ।

३, सानो पिपला र सानो हर्रो दुबै समान मात्रामा मिसाइ चूर्ण सेवन गरेमा पनि स्वरभङ्गको समस्याबाट पार पाइन्छ । अथवा, मिश्री र सूठोलाई मिसाएर महसाग खाने गरेमा पनि आराम हुन्छ ।

४, यदि तपाईको गला बसेको छ भने तातोपानीमा हिङ मिसाएर केहिवेर घाटिमा राख्ने र त्यस पछि निल्नाले गला केहि बेरमै खुल्छ ।

५, निमको पात चपाएर यसको रस निल्दापनि गला खुल्न सहयोग गर्छ । सालीको चामल र दुबो एकै साथ चपाएर निल्नाले स्वर खुल्छ ।
प्रकाशित मितिः २०७५ असोज १ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *