सात वर्षपछि चुनाव, ४० हजार उम्मेद्वार

भक्तपुर न्यूज

१ असोज २०७५ ६:४८

सात वर्षपछि चुनाव, ४० हजार उम्मेद्वार

काठमाडौं । झण्डै सात वर्षपछि पहिलो पटक सरकारी पकड भएको क्षेत्रमा सिरियालीहरूले स्थानीय चुनावमा मतदान गरिरहेका छन्। करिब २० हजार पदको निम्ति ४० हजारभन्दा बढी उम्मेद्वार प्रतिस्पर्धामा छन्।

वर्षौँ लामो युद्धको पृष्ठभूमिमा उक्त चुनाव भइरहेको छ। सरकारले विरोधका स्वरहरूलाई दबाएको छ। र, उसको फौजले चुनाव विरोधी आवाज उठाउने र कट्टरपन्थी जिहादी समूहविरुद्ध कारबाही गरिरहेको छ। राष्ट्रपति बशर अल असादको सरकारले अहिले सिरियाको दुई तिहाई भूभाग नियन्त्रणमा लिएको छ।

सरकारले आफ्नो भूभागमा नगरपालिका चुनावहरू गराउनुलाई देशको सामान्य अवस्थामा फर्किरहेको अर्को सङ्केतको रूपमा लिने छ। स्थानीय निकायले युद्धबाट ध्वस्त भएका संरचनाको पूनर्निर्माणमा भूमिका निर्वाह गर्नेछन्। सिरियामा सन् २०११ यता चर्किएको युद्धमा परी दशौँ हजारले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन्। बीबीसी

प्रकाशित मितिः २०७५ असोज १ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय