पत्थरी भएको समयमा देखिने लक्षणहरु
भक्तपुर । शरीरको कुनै भागमा ढुंगा जस्तो कडा वस्तु बन्नुलाई हामी पत्थरी भनेर बुज्छौँ । मृगौलामा हुने पत्थरीलाई मृगौलाको पत्थरी भनेर बुझिन्छ । मृगौलाको पत्थरी अहिले धेरै मानिसमा देखिन थालेको छ । यसको प्रमुख कारण पानी कम पिउनु हो । युरिक एसिडको कारण पनि धेरै मानिसहरुलाई मृगौलाको पत्थरी भएको पाइएको छ । यो समस्या महिलामा भन्दा बडी पुरुषमा देखिने गरेको पाइन्छ ।
पत्थरी भएको समयमा देखिने लक्षणहरु यस्ता छन्
१, कोख दुख्नु
२, कहिलेकाँही पिसाबमा रगत देखिनु
३, अल्ट्रासाउन्डबाट कोही व्यक्तिमा पत्थरी देखिन्छ तर केहीमा नदेखिन पनि सक्छ ।
पत्ता लगाउने तरीका यस प्रकार छन्
– सबै भन्दा पहिले पत्थरीको संका लागेमा अल्ट्रासाउण्ड गर्ने ।
– सिटीस्क्यान गर्ने जसबाट पत्ता पत्थरीको स्पष्ट जानकारी हुन्छ ।
मृगौलाको पत्थरीले पुर्याउने असरहरु यस्ता छन् स्
१, धेरै समयसम्म यसको उपचार गरिएन भने हाम्रो मृगौला खराब हुन्छ ।
२, पिसाबमा इन्फेक्सनको समस्या देखिरहने गर्छ ।
प्रकाशित मितिः २०७५ भदौ ३१ आइतबार