महाकाली नदीमा बगेर भारतीय नागरिक बेपत्ता

भक्तपुर न्यूज

३१ भदौ २०७५ ५:४९

महाकाली नदीमा बगेर भारतीय नागरिक बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा बगेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकको महकाली नदीमा माछा मार्ने क्रममा बगेर ४० वर्षीय भारतीय नागरिक बेपत्ता भएका हुन् । भारतको उधमसिंह नगर शक्तिफाराम–५ सुरेन्द्रनगर तहसिल सितारगञ्ज घर भै ब्रह्मदेवमा सिकर्मीको काम गर्दै आएका कार्तिक बाग महाकाली नदीमा बगरे बेपत्ता भएका हुन् ।

बागसँगै माछा मार्न गएका स्थानीयले नदीमा बगेको जानकारी प्रहरीलाई दिएपछि उनको खोजी कार्य गरिएको छ । नदीमा बगेका बाग आज पनि फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

प्रकाशित मितिः २०७५ भदौ ३१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय