चिनीले स्वास्थ्यलाई दिने फाइदाहरु यस्ता छन्

भक्तपुर न्यूज

३० भदौ २०७५ ५:४६

चिनीले स्वास्थ्यलाई दिने फाइदाहरु यस्ता छन्

भक्तपुर । चिनी हामी चिया पिउदा प्रयोग गर्ने गर्छौं । विभिन्न गुलियो परिकारहरु बनाउँदा पनि चिनीको प्रयोग हुने गर्छ । चिनी धेरै खानु स्वास्थ्यको लागी हानिकारक मानिन्छ । त्यसैले अहिलेको समयमा मानिसहरु धेरै गुलियो खान डराउने गर्छन् । तर यदि हामीले चिनीलाई नियन्त्रित रुपमा प्रयोग गर्ने हो भने यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसले हाम्रो स्वास्थ्यलाई पुर्याउने फाइदा बारेमा जान्नु भयो भने तपाई छक्क पर्नु हुनेछ ।

चिनीले स्वास्थ्यलाई दिने फाइदाहरु यस्ता छन्

१, दिमाग तेज चल्छ । विभिन्न अध्ययन अनुसार चिनीले हाम्रो दिमागको कांगनिटिभ फक्सनलाई प्रभावित पार्छ । जसले गर्दा हाम्रो दिमाग तेज हुने गर्छ । यसको सेवनले हाम्रो दिमागलाई सहि तरिकाले काम गर्न मद्धत पुग्छ ।

२, हृदयघातको जोखिम कम । धेरै चिनी प्रयोग गर्ने मानिसलाई मुटु सम्बन्धि समस्या धेरै देखिने गर्छ । ति मध्ये हृदयघात ओअनु पनि एउटा हो । त्यसैले कम चिनी खाने गरेमा हामीलाई मुटु सम्बन्धि रोग लाग्ने सम्भावना कम हुन्छ ।

३, छाला कोमल । धेरै चिनीको प्रयोगले हाम्रो छाला छिट्टै नै चाउरिने गर्छ । कम चिनीको सेवनले छालमा इलास्टिसिटी कायम रहन्छ, जसले गर्दा छाला लामो समयसम्म स्वस्थ एवं कोमल रहन्छ ।

४, शरीरलाई उर्जा । चिनी हाम्रो शरीरले छिट्टै पचाउने गर्छ र यो सजिलैसँग हाम्रो रगतमा घुलिने गर्छ । यसले गर्दा हामीलाई चांडै उर्जा प्राप्त हुन्छ । त्यसैले भोक लागेको समयमा गुलियो पदार्थ खानाले हाम्रो भोक हराउने गर्छ ।

५, दाँत स्वास्थ्य । दाँतमा विभिन्न खालको समस्या आउनुको एक कारण धेरै गुलियो खानेकुरा खानु हो । यदि हामीले कम चिनीको प्रयोग गर्यौं भने हाम्रो दाँतमा गुलियो चिज रहन पाउदैन । यसले गर्दा हाम्रो दाँतमा विभिन्न खालको संक्रमण हुदैन ।

प्रकाशित मितिः २०७५ भदौ ३० शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *