निद्रा नलाग्ने कारण यस्ता छन् जानी राखौं

भक्तपुर न्यूज

२८ भदौ २०७५ ६:०८

निद्रा नलाग्ने कारण यस्ता छन् जानी राखौं

भक्तपुर । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । निद्रा हामी सबैले अनुभव गरिरहेको तथ्य होे । निद्रा राम्ररी पूरा भएन भने कस्ता–कस्ता समस्या देखा पर्छन् भन्नेमा पनि हामी अनभिज्ञ हुने कुरै रहेन । किनकि, यो हामी सबैको दिनचर्यामा प्रत्यक्ष रूपमा सम्बन्ध राख्ने पक्ष हो । यो उमेर, मौसम, भौगोलिक अवस्था, कामको प्रकृति, खानपान, साथै विभिन्न रोगअनुरूप व्यक्तिविशेषमा फरक–फरक हुन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई पर्याप्त मात्रामा निदाउन नसक्नु भनी परिभाषित गरेको छ ।

निद्रा नलाग्ने कारण

अनिद्राका कारणले कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्मोनले शरीरमा चिनीको मात्रा वृद्धि गराउँछ र निरन्तर यसो हुँदै गएमा मधुमेहको जोखिम बढाउँछ ।

अनिद्राका कारण उच्च रक्तचापको समस्या देखिने गर्छ, जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ ।

पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्राका कारणले मानसिक तनाव भई पाचन प्रक्रिया ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्दछ र पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउँछ ।

अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या हुन्छ ।

अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्यदिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छ ।

निद्रालाई असर गर्ने एउटा महत्वपूर्ण पक्ष मौसम पनि हो । गर्मी मौसममा बढी निद्रा लाग्ने र जाडो मौसममा कम निद्रा लाग्ने गर्दछ । यसको कारण सेरोटोनिन हर्मोन हो । जुन उत्पादन गर्न सूर्यको किरण आवश्यक हुन्छ ।

अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक र मानसिक समस्या र यसले निम्त्याउने तत्कालीन र दीर्घकालीन रोगहरूबाट मुक्ति प्राप्त गर्नका लागि दिनचर्यामा परिवर्तन ल्याउनु अति आवश्यक छ, जस्तै– माछा, मासु आदि नखानु ।
डा, सुमिता थापा

प्रकाशित मितिः २०७५ भदौ २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *