पाकिस्तान भारतसँग ३-१ ले पराजित

भक्तपुर न्यूज

२८ भदौ २०७५ ४:४०

पाकिस्तान भारतसँग ३-१ ले पराजित

काठमाडौं । बंगलादेशमा जारी दक्षिण एशियाली फुटबल प्रतियोगितामा भारतले पाकिस्तानलाई ३,१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। भारतलाई जित दिलाउनेक्रममा भारतका मनवीर सिंहले दुई गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलमा सिंहले ४९ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। पहिलो गोल गरेको २० मिनेटमा उनले नै भारतको अग्रतालाई दोब्बर पारेका थिए। यस्तै भारतका लागि तेश्रो गोल सबस्टिटिञडका रूपमा छिरेका पासिले ८३ मिनेटमा गरे।

पाकिस्तानले ८८ औं मिनेटमा गोल फर्काएको थियो। पाकिस्तानका लागि सो सान्त्वना गोल हसन वसिरले गरेका थिए। उपाधिका लागि भारतले माल्दिभ्स शनिबार प्रतिष्पर्धा गर्नेछ। माल्दिभ्सले नेपाललाई ३,० ले पराजित फाइनल प्रवेश गरेको हो। एजेन्सी

प्रकाशित मितिः २०७५ भदौ २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय