विश्व विजेता फ्रान्सको नेदरल्यान्ड्समाथि संघर्षपूर्ण जित

भक्तपुर न्यूज

२५ भदौ २०७५ ५:४६

विश्व विजेता फ्रान्सको  नेदरल्यान्ड्समाथि संघर्षपूर्ण जित

काठमाडौं । विश्व विजेता फ्रान्सले नेदरल्यान्ड्समाथि संघर्षपूर्ण जित निकालेको छ। यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा विश्वविजेता फ्रान्सले नेदरल्याण्डलाई २,१ ले हराउँदै विजयी सुरूवात गरेको हो।

फ्रान्सको जितमा युवा स्टार किलियन एमबाप्पे र ओलिभिएर जिरुडले गोल गरे। नेदरल्याण्डका लागि रायन बाबेलले गोल गरे। खेलको १४ औं मिनेटको युवा स्टार किलियन एम्बाप्पेले ब्लेस माटुइडीको पासमा गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १,० ले अग्रता लिएको फ्रान्स दोस्रो हाफमा दबाबमा रह्यो। खेलको ६७ औं मिनेटमा रायन बाबेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले केनी टेटेको पासको सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेलको ७५ औं मिनेटमा ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई पुन अग्रता दिलाए। विश्वकप अवधिभर गोल गर्न नसकेका जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरे पछि खेलमा फ्रान्सले पुनः अग्रता लियो। यसपछि कुनै गोल भएन र फ्रान्सले नेसन्स लिगमा ३ अंक जोड्दै विजयी सुरूवात गर्न सफल भयो। एजेन्सी

प्रकाशित मितिः २०७५ भदौ २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय