भक्तपुरमा पहिलो पटक बीबीएमको पढाई
भक्तपुर । काठमाडौं उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलो पटक बीबीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट)को पढाई हुने भएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यालयबाट सम्वन्धन (स्वीकृति) प्राप्त गरेको छ । स्वीकृति प्राप्त गरेपछि यो वर्षदेखि बीबीएमको पढाई हुने कलेजले जनाएको छ ।
ख्वप कलेजका प्राचार्य रुपक जोशीले तीनवर्षपछि कलेजले बीबीएमको लागि स्वीकृति प्राप्त गरेको जनाए । ‘सम्वन्धन शुल्कका लागि आवश्यक १५ लाख रुपैयाँं हामीले तिरिसककेका छौं, यो वर्षदेखि यसको पढाई सुरु हुन्छ, प्राचार्य जोशीले जनाए ।
यसको पढाई समेष्टर सिस्टममा हुने जनाइएको छ । कोर्ष चार वर्षे हुनेछ । ६/६ महिनाको आठ वटा समेष्टर हुनेछ । सेमेष्टर प्रणालीमा रही मार्किग पनि ग्रेडिंग सिस्टममा रहने हुनाले विद्यार्थीको आकर्षण यसप्रति रहेको जनाइएको छ । कम्प्युटर कोर्षहरु पनि रहेकाले यसप्रतिको आकर्षण वढी रहेको बताइएको छ ।
प्रकाशित मितिः २०७५ भदौ २० बुधबार