उमेर अनुसार यौन सम्पर्क राख्नु उचित ?

भक्तपुर न्यूज

२० भदौ २०७५ ३:२४

उमेर अनुसार  यौन सम्पर्क राख्नु उचित ?

भक्तपुर । यौन सम्पर्क मानिसको आफ्नो खुशी र चाहानामा भर पर्छ । तर पनि विभिन्न अध्ययनले मानिसले आफ्नो उमेर अनुसार यौनसम्पर्क राख्नु उचित हुने देखाएको छ । यसै बिषयमा विभिन्न अध्ययन हुने गरेका छन् । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ । परिणाम निकै रोचक छ । अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो ।

विवाह पछिको नतिजा । अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरि मै सेक्स गर्न कम गरी सकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै सेक्स गर्ने गरेका थिए ।

फ्रिक्वेन्सी कम हुनुको कारण । विवाहपछि सेक्सको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो । जस्तैस् हेक्टिक वर्क सेड्युल, घरको काम आदि । एक्सर्ट्सका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले सेक्सप्रतिको इच्छा कम हुँदै जान्छ ।

के भन्छ अरु तथ्यांकले

३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न रुचाउँथे ।

याद राख्नुपर्ने कुरा । माथी दिइएको तथ्यांकबाट आफ्नो सेक्स लाइफको तुलना गर्नु भन्दा पहिले लामो सास लिनुस् र यो ध्यान राख्नुस की सेक्सको अर्थ मिल्ने साथीसँग राम्रो समय बिताउनु पनि हो । जबसम्म तपाईं र तपाईंको पार्टनर सेक्सबाट सन्तुष्ट बन्छन त्यसले फरक पार्दैन की कति समयसम्म सेक्स गर्नुपर्छ भनेर ।

प्रकाशित मितिः २०७५ भदौ २० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय