शरीरमा रगत संचालन बढाउने उपायहरु

भक्तपुर न्यूज

१७ भदौ २०७५ ६:०७

शरीरमा रगत संचालन बढाउने उपायहरु

भक्तपुर । शरीरको रक्तचाप नियन्त्रित रुपमा हुनुपर्छ । रगत संचालनले हाम्रो स्वास्थ्यमा ठुलू भूमिका खेलिरहेको हुन्छ । रगतको मध्यमबाट हाम्रो शरीरको विभिन्न भागहरुमा अक्शिजन र हर्मोनहरु पुग्ने गर्छन् । यदि हाम्रो रगत साचालनमा कुनै पनि प्रकारको समस्या आयो भने हाम्रो शरीरका विभिन्न अंगहरुले आवश्यक मात्रामा उर्जा पाउदैनन् । जसले गर्दा हामीलाई छिट्टै थकान लाग्ने , सुतिराख्न मन लाग्ने जस्तो हुन्छ । रगत संचालन सहि तरिकामा भएमा हामीलाई कहिलै पनि मुटु सम्बन्धि रोगहरु लाग्दैन । रगत सुचारु नियन्त्रित रुपमा हुनु भनेको हाम्रो स्वास्थ्यमा समस्याहरु कम हुनु हो । त्यसैले हामीले हाम्रो शरीरमा रगत सुचारुमा कुनै पनि प्रकारको समस्या आउन नदिनको लागी निकै ध्यान दिनुपर्छ ।

नियन्त्रित रुपमा रक्तचाप हुन दिन यस्ता कुराहरुमा ध्यान दिनुहोस

१, शारीरिक व्यायाम । दैनिक शारीरिक व्यायाम गर्नाले हाम्रो मुटुबाट सजिलैसँग ब्लड पम्प हुन्छ । जसले गर्दा हाम्रो मुटु स्वास्थ्य रहन फाइदा पुग्छ । त्यसैले हरेक दिन व्यायाम गर्नाले हामी स्वास्थ्य रहने गर्छौं ।

२, पर्याप्त मात्रामा पानी । शरीरमा पानीको मात्रा पर्याप्त मात्रामा भयो भने रगत संचलानमा मद्धत पुग्ने गर्छ । शरीरमा अक्शिजनको प्रवाह गर्नको लागी पनि पानीको भूमिका ठुलो हुन्छ ।

३, सन्तुलित खानाको सेवन । फाइबर, ओमेगा(३ फ्याट एसिड, भिटामिन ए, ई र सी जस्तो पोषक तत्वको आहार सेवन गर्नाले शरीरको रक्त कोशिकामा भएको विकारबाट निर्मुल पार्दछ । त्यसैले हामीले यी पौष्टिक तत्व सम्मिलित पौष्टिक खाना खाने गर्नुपर्छ ।

४, धुम्रपान नगर्नु । धुम्रपान गर्नाले हाम्रो रगतको कौशिक साँगुरो हुन्छ । यसले गर्दा हाम्रो शरीरमा रगत संचालन राम्रोसँग हुन पाउदैन । जसले मुटुमा समस्या आउँछ । त्यसैले शरीरमा नियन्त्रित रुपमा रक्तचाप हुनको लागी धुम्रपान सेवन गर्न हुदैन ।

५, नुनको सेवनमा ध्यान । हाम्रो शरीरमा रक्तचाप बढाउन वा घटाउन नुनको ठुलो भूमिका हुने गर्छ । नुनको मात्रा बढी भएमा रक्तचाप घट्ने र कम भएमा कम हुने हुन्छ । त्यसैले खाना खाँदा नुनको मात्रा नियन्त्रित रुपमा हुनुपर्छ ।

प्रकाशित मितिः २०७५ भदौ १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *