काठमाडौं । युरोपियन फुटबलको युईएफए वर्ष फुटबल अवार्डमा स्पेनिस क्लब रियल मड्रिडको वर्चश्व रहेको छ । युईएफएले बिहिबार राति फ्रान्सको मोनाकोमा घोषणा गरेको वर्ष खेलाडी अवार्डका अधिकांश विधामा मड्रिडको वर्चश्व रहेको हो ।
युरोपभरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान अनुसार मतदान गरेका थिए। पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था थियो ।
कुन विधामा को उत्कृष्ट
युईएफए वर्ष पुरुष खेलाडी – लुका मोड्रिच रियल मड्रिड
युईएफए वर्ष फरवार्ड – क्रिस्टियानो रोनाल्डो रियल मड्रिडर हाल युभेन्ट्स
युईएफए वर्ष मिडफिल्डर – लुका मोड्रिच रियल मड्रिड
युईएफए वर्ष डिफेन्डर – सर्जियो रामोस रियल मड्रिड
युईएफए वर्ष गोलकिपर – केलियर नाभास रियल मड्रिड
युईएफए वर्ष महिला खेलाडी पेनिल्ले हार्डर डेनमार्क
युईएफए प्रेसिडेन्ट्स अवार्ड – डेभिड बेकह्याम इंग्ल्यान्ड
एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १५ शुक्रबार
Comments