तिते करेला खाँदा शरिरका लागि फाइदै फाइदा
भक्तपुर । तिते करेला भन्ने बित्तिकै धेरैको मुख बिग्रने गर्छ । यसको स्वाद तितो हुने भएकाले कमै मानिसहरु यसलाई मन पराउने गर्छन् । तिते करेला नामैले पनि तितो स्वादको छ । तितो छ भन्दैमा तिते करेला देखि टाढा भाग्नु हाम्रो मुर्खता हो किनभने स्वास्थ्यको हिसाबले यो हाम्रो लागी निकै लाभदायक छ । यसले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्यालाई निको पार्न मद्धत गर्छ । त्यसैले चिकित्षकहरु तिते करेलाको तरकारी खान सल्लाहा दिने गर्छन् ।
करेलाका केही फाइदा यस्ता छन
१, शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ ।
२, करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
३, करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।
४, दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
५, पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।
६, बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
७, कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
८, डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
९, करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।
१०, बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।
प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार