एक जोडी झन्डिएको अवस्थामा फेला
जाजरकोट । जाजरकोटमा एक जोडीले एकै पासोमा झुन्डिएर आत्महत्या गरेको छन् । उनीहरूले मेलम्ची नगरपालिका सिन्धुकोटको जंगलमा एउटै पासामो झुन्डिएर आत्महत्या गरेका हुन् ।
जाजरकोट छेडागाडा नगरपालिका–१३, कार्कीगाउँका २३ वर्षीय चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ वर्षीया फूलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा हिजो फेला परेको प्रहरीले जनाएको छ ।
७ महिना अघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभन्ज्याङमा आवास बनाउन आएका ठकुरीसहित साउन ७ गते तालामाराङ गाउँका दुई जोडी युवा–युवती एकै पटक गायब भएका थिए ।
हराएका युवतीध्ये फूलमाया ठकुरीसँगै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । त्यसैगरी, अर्की १५ वर्षीया युवती र युवक २५ वर्षीय अमृत रोकाय भने हराएकै दिन राति आफैं घर फर्किएका थिए । प्रेमी–प्रेमिकाले आत्महत्या गरेका हुन् वा हत्या गरिएको हो भन्नेबारे छानबिन अघि बढाएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार
