पाठेघरको मुखमा क्यान्सर हुँदा देखिने लक्षणहरु

भक्तपुर न्यूज

१३ भदौ २०७५ ५:०२

पाठेघरको मुखमा क्यान्सर हुँदा देखिने लक्षणहरु

भक्तपुर । पाठेघरको समस्या अहिले धेरै महिलाहरुमा देखिन थालेको छ । पाठेघरको समस्यालाई महिलाहरु लुकाउने गर्छन् । यसले गर्दा महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने गर्छ । विभिन्न खालका लक्षणहरु देखा पर्ने भएपनि यस्ता लक्षण अरुको अगाडी महिलाहरु भन्न लजाउने गर्छन् । त्यसैले उनीहरुमा यस समस्याले ठुलो रुप लिने गर्छ र क्यान्सरमा परिणत हुने गर्छ । यस्ता खालका समस्याहरु नलजाइकन अरुलाई भन्न सक्नुपर्छ । समयमा नै यसको उपचार गर्न सकियो भने यो निको हुने गर्छ । त्यसैले लक्षण पहिचान हुने बित्तिकै जाँच गराउन जानुपर्छ ।

यसका लक्षणहरु यस प्रकार छन्

१, तल्लो पेट दुख्ने ।

२, योनीबाट फोहोर पानी बग्ने ।

३, यौन सम्पर्कपछि रगत बग्ने ।

४, यौन सम्पर्क गर्दा दुख्ने ।

५, परीक्षणका क्रममा पाठेघरको मुखमा घाउ देखिने ।

यस समस्याले सताउँदा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्

१, कम्तीमा वर्षको एक पटक पाठेघरको मुखको जाँच गराउने ।

२, अस्वस्थकर खानपीन नगर्ने ।

३, अविवाहित महिलाले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने । यो भ्याक्सिनले पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सक्छ ।

प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *