थकाइ महसुस हुनुको कारणहरु

भक्तपुर न्यूज

१० भदौ २०७५ ८:०९

थकाइ महसुस हुनुको कारणहरु

काठमाडौं । हामीलाई काम गरेपछि थकाइ लाग्ने गर्छ । यो स्वाभाविक नै हो । तर यदि तपाँईलाई काम नगरिकन पनि थकित महसुस भइरहन्छ भने तापाइको स्वास्थ्यमा समस्या आएको हुन सक्छ । हाम्रो दैनिक जीवनशैलीले हाम्रो स्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ । यदि तपाई प्रसस्त निदाउनु हुन्छ तर पनि तपाईलाई थकित महसुस हुन्छ भने तपाईको अरु कार्यहरुले गर्दा यो समस्या आइरहेको हुन सक्छ । हाम्रा केहि लापर्वाहिले गर्दा हामीलाई थकाइ महसुस भइरहने गर्छ । त्यसैले कस्ता कामले गर्दा थाकान महसुस भएको हो भन्ने कुरा जानेर त्यस्ता कामहरु देखि टाढा रहनुपर्छ ।

थकाइ महसुस हुनुको कारणहरु यस्ता छन्

१, प्रशस्त पानी नपिउनु स् शरीरमा पानीको निकै ठुलो भूमिका हुन्छ । यसले हामीलाई फुर्तिलो बनाउन मद्धत गर्छ । तर यदि तपाइको शरीरमा पानीको कमी भयो भने तपाइमा स्फुर्ति हराएर जान्छ र तपाईलाई थकान महसुस हुने गर्छ ।

२, आइरनको कमी स् शरीरको विभिन्न भागमा अक्शिजन पुर्याउने काम आइरनले गर्छ । अक्शिजनले हाम्रो शरीरलाई उर्जा दिने काम गर्छ । त्यसैले शरीरमा आइरनको कमी भयो भने हाम्रो शरीरका विभिन्न भागमा अक्शिजन पुग्न पाउदैन । जसले गर्दा विभिन्न अंगहरुले काम गर्नको लागी उर्जा पाउदैनन् र हामीलाई थकान महसुस हुन्छ ।

३, ब्रेकफास्ट स् ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरीनै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ ।। त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।

४, अनियमित ब्यायाम स् यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

५, काममा लोड स् कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ ।

प्रकाशित मितिः २०७५ भदौ १० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *