ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

भक्तपुर न्यूज

७ भदौ २०७५ ३:०८

ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

रुपन्देही । रुपन्देहीमा बुधबार बेलुका ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल ४ का ३० वर्षीय चालक राम बिक रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बिकको उपचारको लागि मणिग्रामको क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । भैरहवाबाट बुटवल आउँदै गरेको लु ७ प ८७७७ नम्बरको स्कुटीलाई त्यसै दिशातर्फ आइरहेको ना ५ ख ७०७७ नम्बरको ट्रकले मणिग्राममा ठक्कर दिँदा चालक बिकको मृत्यु भएको हो ।

प्रकाशित मितिः २०७५ भदौ ७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय