काठमाडौं । डच क्लब आयाक्स च्याम्पियन्स लिगको समूह चरण नजिक पुगेको छ । च्याम्पियन्स लिग छनोटको प्ले अफको पहिलो लेगमा युक्रेनी क्लब डाइनामो किभलाई ३–१ ले हराउदै आयाक्सले समूह चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो ।
घरेलु मैदानमा बुधबार राति आयाक्सलाई जित दिलाउन डोनी भान डी बिक, हाकिम जिएच र डुसन ताडिकले समान एक एक गोल गरे । डाइनामोका टोमस्ज केड्जीओराले एक गोल फर्काए ।
यो जितसंँगै आयाक्सले दोस्रो लेगमा बराबरी वा साँघुरो अन्तरको हार बेहोरेपनि च्याम्पियन्स लिगमा स्थान बनाउनेछ । आयाक्सले सन् २०१४ देखि च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन सकेको छैन ।
प्रकाशित मितिः २०७५ भदौ ७ बिहिबार
Comments