सुनचाँदीको मूल्य घट्ने क्रम जारी

भक्तपुर न्यूज

३१ साउन २०७५ ६:१९

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं ३१ साउन । सुनचाँदीको मूल्य आज पनि घटेको छ । छापावाला सुन आज तोलामा ४ सय रुपैयाँ घटेर ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहको छ । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भईरहेको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय