राजविराज ३० साउन । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारका क्रममा काठमाडौँस्थित सिभिल अस्पतालमा मंगलबार निधन भएको कलाकार भूपेन्द्रकुमार मण्डलले जानकारी दिए ।
यादव मधुमेह र रक्तचापको रोगी थिए । यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आएका थिए । उनले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गरेका छन् । पछिल्लो समय उनी कलंक नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त थिए ।
Comments