जीपको ठक्करबाट मृत्यु
पाल्पा २८ साउन । तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ।
युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको थियो।
तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नम्बरको जीपले आइतबार ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट पाँच जना घाइते बनेका थिए। पाँचमध्ये दुईको मृत्यु भइसकेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
