भक्तपुर २७ साउन । साहित्यको नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । ३० भन्दा बढी पुस्तक लेखेका भिएस नाइपलले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए । नोबेल पुरस्कार पाएपछि सम्बोधनका क्रममा उनले आफ्ना पुर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए ।
भारतीय मूलका नायपालको जन्म १९३२ मा ट्रिनिडाडमा भएको थियो । ट्रिनिडाडमा हुर्किएका उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । द बेन्ड इन द रिभर र अ हाउस फर मिस्टर विश्वास उनका चर्चित कृति हुन् । बीबीसी
Comments