आत्मघाती गोल सँगै पहिलो अभ्यास खेलमा नेपाल पराजीत

भक्तपुर न्यूज

२३ साउन २०७५ ४:०५

आत्मघाती गोल सँगै पहिलो अभ्यास खेलमा नेपाल पराजीत

भक्तपुर २३ साउन र इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको तयारीका लागि थाइल्याण्ड पुगेको नेपाली यू २३ फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । हिजो भएको खेलमा नेपाली टोली स्थानीय पुलिस टेरो क्लबसँग १,० ले पराजित भएको हो।

बोनयाचिन्दा स्टेडियममा भएको खेलमा नेपालले आत्मघाती गोल घरेलु टोलीलाई उपहार दिएपछि पराजित भएको हो। नेपालका डिफेन्डर आदित्य चौधरीले आत्मघाती गोल गरेका थिए। अब नेपालले दोस्रो अभ्यास खेल शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसँग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।

एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि १० दिने विशेष प्रशिक्षणमा रहेको नेपाली टोलीमा २९ खेलाडी सहभागी छन्। एन्फाले साफ र एसियन गेम्सको तयारीका लागि भन्दै खेलाडीलाई थप अभ्यासका लागि थाइल्याण्ड पठाएको हो।

अगष्ट १४ देखि हुने एसियन गेम्सका लागि नेपाली टोली थाइल्याण्डको प्रशिक्षणपछि इन्डोनेसियामा जानेछ। एसियन गेम्सको समूह डीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिश्पर्धा गर्नेछ।

जसअन्तर्गत पहिलो खेलमा एसियन फुटबलको महारथि जापानसँग अगष्ट १४ मा खेल्दै एसियन गेम्सको सुरूवात गर्ने छ। यस्तै दोस्रो खेलमा भियतनामसँग अगष्ट १६ मा खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग अगष्ट १९ मा खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय