भक्तपुर २० साउन । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा युरोपेली च्याम्पियन रियल मड्रिडले इटालीयन च्याम्पियन युभेन्ट्सलाई हराएको छ । अमेरिकाको मेरिल्याण्डस्थित फेडएक्स फिल्ड रंगशालामा आइतबार बिहान भएको खेलमा रियलले इटालियन च्याम्पियन युभेन्ट्सलाई ३ – १ गोल अन्तरले हराएको हो ।
रियलका लागि मार्को एसेन्सियोले दुई गोल गरे । यस्तै ग्यारेथ बेलले एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोलको उपहार पाएको थियो । रियलका ड्यानियल कार्भाजलले आत्मघाती गोल गरेका थिए । खेलको १२ औं मिनेटमा डानी कारभाहालले आत्मघाती गोल उपहार पाए पछि युभेन्टसले सुरूवाती अग्रता लिएको थियो ।
तर, खेलको ३९ औं मिनेटमा ग्यारेथ बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । लको ४७ औं मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै रियललाई अग्रता दिलाए । एसेन्सिओले नै ५६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिडले ३–१ को जित निकालेको हो ।
क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोडेर युभेन्टस गएपछि दुई क्लबबिच भएको यो पहिलो खेल हो । यसमा रोनाल्डो खेलेनन् । युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघिको प्रि सिजन तयारी गर्न रियल र युभेन्ट्स अमेरिकामा रहेका छन् । एजेन्सी
Comments