बोलेरो दुर्घटनामा दुईको मृत्यु १३ घाईते

भक्तपुर न्यूज

१९ साउन २०७५ ५:४७

बोलेरो दुर्घटनामा दुईको मृत्यु १३ घाईते

मोरङ १९ साउन । मोरङको लेटाङ १ स्थित कुईगुण्डामा एक पिकअप बोलेरो अनियन्त्रित भई भिरबाट खस्दा २ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

केराबारीको सिंहदेवीबाट लेटाङ जादै गरेको मे १ ज १११५ नम्बरको पिकअप बोलेरो वर्षाले बाटो बिगारे पछि अनियन्त्रीत भई शुक्रबार साँझ दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।  दुर्घटनामा परि मृत्यु हुनेमा भारतको आसाम घर भएका २१ वर्षिय तपन ठकुरी र धनकुटाको चौबिसे गाउँपालिकाकी चन्द्र माया लिम्बु रहेको प्रहरीले जनाएको छ ।

ठकुरीको घटनास्थलमै र लिम्बुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।  गाडीको ब्रेकफेल भएर दुर्घटना भएको घाइतेहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय