स्वास्थ्यचौकीलाई एक लाख सहयोग
म्याग्दी १५ साउन । म्याग्दीका एक ज्येष्ठ नागरिकले स्वास्थ्यचौकी भवन निर्माण गर्न रु एक लाख ११ हजार सहयोग गरेका छन् ।
जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयोग गरेका हुन् ।
वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ ।यसैगरी, केसीले मिलनचोक आमा समूहलाई समेत रु दश हजार सहयोग गरेका उनका छोरा शेरबहादुरले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
