लिभरपुलले म्यानचेस्टर सिटीलाई हरायो

भक्तपुर न्यूज

१२ साउन २०७५ ४:३१

लिभरपुलले म्यानचेस्टर सिटीलाई हरायो

काठमाडैं १२ साउन । लिभरपुलले इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा म्यानचेस्टर सिटीलाई हराएको छ।  अमेरिकाको न्युजर्सीमा भएको खेलमा लिभरपुलले इंलिसस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २,१ गोल अन्तरले हराएको हो। प्रि सिजनको तयारीमा रहेको लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले गोल गरे। सिटिका लागि लोरी सानेले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले सुरूवाती अग्रता लिएको थियो। खेलको ५७ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए। तर, खेलको ६३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई २,१ को जित दिलाए। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय