आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द
काठमाडौं ८ साउन । २५ दिनदेखि अनशनरत डा गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलित भएका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २५ दिनदेखि अनशनरत डा केसीको मागमा सरकारले चासो नदिएको भन्दै देशभरका चिकित्सक आन्दोलित भएका हुन् ।
देशैभरिका आवासीय चिकित्सकहरूले आफू कार्यरत स्वास्थ्य संस्थामा आज मंगलबारदेखि आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द गरेका छन् ।
काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द घोषणा गरेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
