मृत्युबारे किन झूट बोल्यो प्रहरी ?

भक्तपुर न्यूज

५ साउन २०७५ २:४५

मृत्युबारे किन झूट बोल्यो प्रहरी ?

काठमाडौं ५ साउन । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा। गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले मृत्युको गलत सूचना फैलाएर भीड नियन्त्रण प्रयास गरेको तथ्य खुलेको छ । केसीलाई लैजान स्थानीयले अवरोध गरेपछि अस्पताल परिसरभित्रै प्रहरीले बल प्रयोग गरेको थियो ।

आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भीड नियन्त्रण गर्ने स्थिति किन निम्तियो रु जुम्लाका डीएसपीले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे रु कान्तिपुरको प्रश्नका प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ ।’

पूर्वडीआईजी नवराज ढकालका अनुसार प्रहरीले भीड नियन्त्रणका बेलामा होस् वा अन्य बेलामा गलत सूचना वा सन्देशको प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी कुरा हो । उनले भने, ‘भीड नियन्त्रण वा अन्य कुनै नाममा पनि प्रहरीले गलत सन्देश फैलाउनु हुँदैन ।’ पूर्वडीआईजी हेमन्त मल्लले भीड नियन्त्रणका बेला आफ्नै सहकर्मीको मृत्युको खबर दिनु त्रुटिपूर्ण भएको बताए । उनले भने, ‘त्यस्तो सन्देशले कार्यस्थलमा खटिएका प्रहरीलाई झनै उत्तेजित बनाउन सक्छ र भीड नियन्त्रणका नाममा अत्यधिक बल प्रयोग हुने खतरा हुन्छ ।’ कान्तिपुर दैनिकबाट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय