काठमाडौं ४ साउन । एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् ।
आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री यादवले ले भने “नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार छ ।
Comments