काठमाडौं ३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अब गायन क्षेत्रमा पनि प्रवेश गरेका छन् । क्रिकेटर लामिछानेले ‘उदास थियो यो मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा सन्दीपले प्रतिक्षा नामक एल्बलमा समेटिएको यो गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । सन्दीपले बिनोद तिमल्सिनाको शब्दमा आफ्नै कम्पोजमा उदास गीत सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा सन्दीप आफै पनि रहेका छन् । म्युजिक भिडियो निम्बसको सहकार्यमा तयार भएको बताइएको छ ।क्रिकेटसंगै गीत संगीतमा रुची राख्ने सन्दीपले एक बर्षबाटै एल्बम ल्याउन तयारी गरिरहेका थिए ।
सन्दीपले क्रिकेटकै कारण आफ्नो अर्को सपना पनि पुरा भएको बताएका छन् । इन्डियन प्रिमियर लिग ९आइपिएल० खेल्नु जानु दुई दिनअघि उनको गीतको अडियो सार्वजनिक भएको थियो ।
१९ बर्षिय लेग स्पिनर सन्दीपले युरोप भ्रमणअघि गीत र म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सन्दीप नेपाली टोलीसंगै इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिज खेल्न बिहिबार त्यसतर्फ जानेछन् ।
उक्त कार्यकममा निम्बुसले सन्दीपलाई सम्मान समेत गरेको छ । निम्बुसले सन्दीपलाई ५० हजार रुपैयाबाट सम्मान गरेको हो ।
Comments