काठमाडौं ३१ असार ।पुर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराएर जर्मनीका एन्जेलिक केर्बरले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।
हिजो भएको फाइनलमा सेरेनालाई सोझो सेटमा हराएर केर्बरले उपाधि जितेकी हुन् । सेन्टर कोर्टमा ११ औं बरियताकी केर्बरले २५ औं बरियताकी सेरेनालाई ६–३ र ६–३ को सोझो सेटमा हराइन् ।
केर्बरको यो करियरको तेस्रो ग्राण्डस्लाम उपाधि हो । ३० बर्षिय केर्बरले यसअघि युएस ओपन र अष्ट्रेलियन ओपन जितेकी थिइन् ।
Comments