सुनचाँदीको मूल्य स्थिर
भक्तपुर, २५ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रति तोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन पनि आज स्थिर रहँदै सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन पनि स्थिर रहँदै प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार हिजो प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रहँदे सोही मूल्यमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
