शिक्षामन्त्रीले माफी मागे

भक्तपुर न्यूज

२४ असार २०७५ ९:४५

शिक्षामन्त्रीले माफी मागे

काठमाडौं, २४ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै माफी मागेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एसइईको परीक्षाफल प्रकाशनमा भएका गल्तीबारे स्पष्टीकरण मागेका थिए ।

जवाफमा मन्त्री पोखरेलले पाँच सदस्यीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार परीक्षा नियन्त्रकलाई कारबाही गरिसकिएको जानकारी गराए ।

‘व्यवस्थापकीय र प्राविधिक गल्ती भएको देखियो। सफ्टवेयरको कमजोरीले जो रिजल्ट आयो त्यसले विद्यार्थीको सफलतामा कुनै असर नपरेको कुरा सदनलाई जानकारी गराउँछु। परिणाम आइसकेपछि आफ्नो ग्रेड घटेको हो कि एक जना विद्यार्थीको बारेमा सायद मान्यज्यूले जो मिडियामा आयो त्यो कुरा राख्नुभएको थियो। हामीले यसबारे स्थानीय रूपमा पनि बुझ्ने कोशिस गर्‍यौं। वास्तवमा त्यसप्रति पनि म क्षमा चाहन्छु,’ मन्त्री पोखरेलले राष्ट्रियसभा बैठकमा भने ।

उनले राष्ट्रिय परीक्षा बोर्ड गठन भइसकेकाले अब सबै कुरा व्यवस्थित गर्ने गरी मन्त्रालय अघि बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *