डाक्टर केसीको जीवन रक्षा माग, कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

भक्तपुर न्यूज

२२ असार २०७५ ७:०७

डाक्टर केसीको जीवन रक्षा माग, कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं २२ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। सांसद दिलेन्द्रप्रसाद बडुले प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावको समर्थकमा पार्वता डिसी चौधरी र अतहर कमाल मुसलमान छन्।

सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा यसअघिको अध्यादेशका सबै कुरा समेट्न र त्यसैका लागि अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न प्रस्ताव दर्ता गराएको प्रस्तावक बडुले जानकारी दिए।

संसद बैठक शुक्रबार दिउँसो बोलाइएको छ। सभामुख कृष्णबहादुर महराले प्रस्ताव आजै अघि बढाउने बताएको पनि सांसद बडुले जानकारी दिए। डाक्टर केसी विभिन्न माग राख्दै केही दिनदेखि कर्णाली प्रदेशको जुम्ला पुगेर अनशन बसेका छन् । जुम्लाको चिसोमा अनशन बसेकै कारण केसीको स्वास्थ्य अवस्था कमजोर भइरहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय