उडानकै बेला पाइलटलार्इ हृदयघात

भक्तपुर न्यूज

१३ असार २०७५ ८:२१

उडानकै बेला पाइलटलार्इ हृदयघात

नयाँ दिल्ली, १३ असार । इन्डिगो एयरलाइन्सको एक विमानमा मुख्य पाइलटलाई उडानकै बेला हृदयघात भएपनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना हुनबाट जोगाएका छन् ।

समाचार एजेन्सीहरूका अनुसार इम्फालबाट कोलकाता आउँदै गरेको विमानमा पाइलटलाई हृदयघात भएको थियो । क्युवा मुलका ६३ वर्षीय पाइलट सिल्भियो डियाज अकोस्टालाई उडानकै क्रममा हृदयघात भएको हो ।

कोलकता नजिकैको आकाशमा आइपुगेको अवस्थामा उनलाई हृदयघात भएको बताइन्छ । अवतरणको तयारी गरिरहँदा उनले आफ्नो को–पाइलटलाई आफूलार्इ छाती दुख्न थालेको बताएका थिए । उनको दुखार्इ बढ्दै गएको थियो ।

भारतीय संचारमाध्यमका अनुसार उनले पीडाका बाबजुत पनिि को–पाइलटको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराएका थिए । अवतरण लगतै उनलार्इ अस्पताल भर्ना गरिएको थियो ।

हृदयघातका कारण उनलार्इ छातीमा पीडा भएको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । मुटुमा जाने नसामा रक्तप्रवाह निकै कम या पूर्ण रुपमा बन्द हुँदा यस्तो समस्या आउने चिकित्सकको भनाइ छ । उनको स्वास्थ्यमा विस्तारै सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् । ९एजेन्सी०


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय