बाँके, १० असार । लागु औषध ब्राउनसुगरसहित नेपाली सेनाका मेजर पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो ।
उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेको साथै उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
हिजो साँझ नेपाल प्रहरीको लागु औषध नियन्त्रण ईकाई र जिल्ला प्रहरी कार्यालयको टोलीले मेजर शाही र बाँके राप्ती सोनारीका रिम पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आज म्याद थपको तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।
शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र कोहलपुरको विशेष टोलीले हिजो साँझ छापा मारेको थियो ।
Comments