नारायणगढ मुग्लिन सडकखण्डमा ढुंगा खस्दा चालकको मृत्यु
चितवन ४ असार । नारायणगढ मुग्लिन सडकखण्डमा भिरबाट खसेको ढुंगाले लागेर ट्रक चालकको मृत्यु भएको छ । कालीखोलाको पुल नजिक हिजो राति करिब साढे ९ बजे ढुंगा खसेर ग १ ख ८२२८ नम्बरको ट्रक थिचिएको थियो ।
सो घटनामा ट्रक चालक तनहुँ शुक्लागण्डकी नगरपालिकाका ३६ वर्षीय चालक कृष्ण ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
